ओली सरकारका अर्का मन्त्रीको घुसकाण्डको खुलासा

imagesimages

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुसकाण्डमा जोडिएर राजीनामा दिएको भोलिपल्ट अर्का मन्त्री घुसकाण्डमा मुछिएका छन् ।

पोखरामा व्यक्तिको नाममा जग्गा दर्ता गर्ने चलखेलमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले ३२ लाख घुस रकम लिएको अडियो सार्वजनिक भएको छ ।

Nepal life insurance

सार्वजनिक नयाँ अडियोमा पोखराको जग्गाका लागि घुस रकम लिनेमा गुप्तासँगै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारीका छोरा मनोज अधिकारीको नाम उच्चारण गरिएको छ ।

अडियोमा जग्गा मिलाउन मन्त्री अधिकारीले छोरामार्फत ३२ लाख लिएको दाबी गरिएको छ भने सामान्य प्रशासनमन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको बताइएको छ । अडियो संवादमा जग्गाका लागि डेढ करोड खर्च भइसकेको दाबी गरिएको छ ।

 

 

Nepal life insurance

अन्य समाचारहरु