नेपालको संसदीय इतिहासमै पहिलो पटक पुगे काँग्रेस र एमाले एकसाथ विपक्षमा

Nepal's newly elected Prime Minister Dr. Baburam Bhattarai walks out with his wife Hisila Yami from Parliament after Bhattarai was elected Nepal's 35th Prime Minister, in Kathmandu

 

संसदले प्रधानमन्त्रीमा निर्वाचित गरेलगत्तै डा. भट्टराईलाई बधाई दिँदै प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले शान्ति र संविधान निर्माणमा आफुहरुको पुरै सहयोग रहने प्रष्ट गरे । उनले प्रधानमन्त्री बन्नकै लागि गरिएका गोप्य सम्झौताहरुको रहस्य भने क्रमशः खुल्दै जाने प्रतिक्रिया दिए ।

एमाले नेता माधव नेपालले माओवादीलाई शंकाको लाभ दिने बताउँदै आफ्नो पार्टी सरकारमा नजाने र विपक्षमै बसेर गुण र दोषका आधारमा सघाउने प्रतिक्रिया दिए ।

यता, माओवादी नेता डा. बाबुराम भट्टराई मधेशी मोर्चासमेतको मतमा टेकेर नेपालको ३५ औं प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पटक नेपाली कांग्रेस र नेकपा एमाले भने एक साथ विपक्षी बेन्चमा पुगेका छन् । नेपाली प्रजातान्त्रिक आन्दोलनको ठूला दल र २०४६ को आन्दोलनदेखि २०६२-०६३ सम्मको निर्णायक शक्ति मानिएका कांग्रेस