नव नियुक्त प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा नेपालमै बनेको मुस्ताङ गाडी चढ्ने चाहना ब्यक्त

Nepal's newly elected Prime Minister Dr. Baburam Bhattarai waves with his wife Hisila Yami as they walk out from Parliament after Bhattarai was elected Nepal's 35th Prime Minister, in Kathmandu

 

नव नियुक्त प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमै बनेको हुलास कम्पनीको मुस्ताङ गाडी चढ्ने चाहना ब्यक्त गरेका छन।

 

यस अघिका प्रधानमन्त्रीहरुले झण्डै एक करोड रुपैयाँ पर्ने मर्सिडिज बेन्च कार चढ्दै आएका थिए । प्रधानमन्त्री भट्टराईको चाहना अनुसार बा १ झ ९३६० नम्बरको मुस्ताङ म्याक्स जीपको व्यवस्था मिलाइएको छ । गृहमन्त्रालय स्रोतले भने मुस्ताङ जीप नै चढ्ने विषय टुंगो लागिनसकेको बताएको छ ।

 

यस्तै सुरक्षा निकायहरुले त्यस्तो गाडी प्रधानमन्त्रीका लागि सुरक्षा र गतिको दृष्टिकोणले मापदण्ड नपुग्ने बताएका छन् ।