राप्रपा विवाद: कर्णालीका जिल्ला अध्यक्षहरुको लिङदेनलाई ध्यानाकर्षण, गिरीको पदमुक्ति अस्वीकार

imagesimages

 

काठमाडौँ । राप्रपा कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुले उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पार्टीको जिम्मेवार पदबाट मुक्त गरेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

Nepal life insurance

एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरुले गिरीले पार्टीलाई दिएको योगदान, त्याग र तपस्याको अवमूल्यन गरी पार्टीलाई विधानतः संचालन गर्नका लागि नेतृत्वलाई सजग गराउने प्रकृतिको सामुहिक वक्तव्यलाई आधार बनाएर बिना कुनै सूचना र स्पष्टीकरण निष्ठावान नेता गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदबाट पदमुक्त गर्ने कार्यलेकार्यकर्तामा निराशा बढेको उल्लेख गरेका छन् ।

उनीहरुले यसनिर्णयप्रति आफुहरुको असहमति रहेको भन्दै पार्टीको बृहत्तर हितलाई ध्यानमा राखेर विधान विपरीत गरिएको कारवाही तत्काल फिर्ता गरी पूर्ववत् जिम्मेवारीमा पूनर्स्थापना गर्न केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको ध्यानाकर्षण गराएका छन् ।

ध्यानाकर्षण गराउनेमा कृष्ण विक्रम शाह, अध्यक्ष, जाजरकोट, भक्त बहादुर शाही, अध्यक्ष, दैलेख,  हंश बहादुर मल्ल, अध्यक्ष, कालिकोट, राज बहादुर मल्ल, अध्यक्ष, मुगु, बेद बहादुर शाही, अध्यक्ष, जुम्ला, विनोद कुमार शाह, अध्यक्ष, रुकुम पश्चिम, प्रेम बहादुर रावत, उपाध्यक्ष, हुम्ला र अन्जु बस्याल, उपाध्यक्ष, सुर्खेत रहेका छन् ।

 

images

Nepal life insurance