भीम रावलको ओलीलाई व्यंग्य- काम नगरी सुतेको र विरामी भई काम नगरेको समया पनि घटाउनु !

imagesimages

 

काठमाडौँ । भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन भन्दै व्यंग्य गरेका छन् ।

नेकपा एमालेको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले ७० बर्षे प्रावधान हटाउने प्रस्ताव पेश गर्दै यो राख्ने हो भने आफु १४ बर्ष जेल बसेको समय घटाउनु पर्ने भन्दै ठट्टा गरेको विषयमा रावलले टिप्पणी गरेका हुन् ।

Nepal life insurance

रावलले ओलीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन कार्यदल गठन गर्ने कि ? भन्दै व्यंग्य गरेका छन् ।

उनले भनेका छन्- 

एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेश भएछ । केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन  पार्टीमा कार्यदल गठन गर्ने कि ?

 

images

 

Nepal life insurance

images