एमाले केन्द्रिय समिति बैठक आज पनि

imagesimages

 

काठमाडौं, ६ साउन । नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि बस्दैँछ । च्यासल, ललितपुर तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ।

Nepal life insurance

हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र चौतर्फी आक्रामण भएको र त्यसको डटेर सामना गर्नु पर्नेमा जोड गरेका थिए भने हिजोको बैठकमा  उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन तथा महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका थिए, जसमाथी छलफल जारी रहेको छ ।

हिजाेका बैठकमा जना केन्द्रिय सदस्यहरूले धारणा राखिसकेका छन् भने बाँकीले मंगलवार धारणा राखिसके पछि बैठक समापन गरिनेछ । हरेक सदस्यलाइ बाेल्न ३-३ महिनाकाे समय दिइएकाे छ । सचिवालय,स्थायी कमिटी र पोलिटव्यूरो बाहेक एमालेमा करिब २३० जना केन्द्र्रीय सदस्य रहेका छन् ।

मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रिय समिति बैठकको मुख्य रूपमा केन्द्रित हुनेछ । यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोलेसमेत अनुमोदन गरिसकेको छ ।

images

भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन आयोजना गरिएको छ ।

तर, पुर्व राष्ट्रपति भण्डारीको सदस्यता नविकरण भने ‘पेन्डिङ’ मा राखेको जनाए पछि अध्यक्ष ओलीले भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन रोक लगाइएको रूपमा अर्थ्याइए पछि आइतवार साँझसम्म दुबै नेता बिचमा च्यासलस्थित कार्यालयमा भेटघाट र छलफल भएको थियो ।

images

 

Nepal life insurance

images