सकभर सभासद मात्रै सरकारमा सामेल गर्ने प्रधानमन्त्रीको भनाइ प्रति मधेसी मोर्चाको विरोध

काठमाडौं  – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका घटक दलका नेताहरूले सकभर सभासद मात्रै सरकारमा सामेल गर्ने प्रधानमन्त्रीको भनाइको विरोध गरेका छन् ।

‘पार्टीको सर्वोच्चता हुनुपर्छ, पार्टीको निर्णय र सहभागिताबिना कुनै निर्णय हुनुहुँदैन,’ मधेसी जनअधिकार फोरम (लोकतान्त्रिकका) वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव भने, ‘सभासद मात्र मन्त्री हुने भए पार्टीको महत्त्व हुँदैन, यसले संगठनका जुझारु साथीहरूको मनोबल प्रभावित हुन्छ ।’

सभासद मात्र सरकारमा जाने कुराको तराई मधेस लोकतान्त्रिक पार्टीभित्र पनि विरोध भइरहेको स्रोतले बतायो । ‘सभासद मात्र सरकारमा गए हामी कडा निर्णय गर्न बाध्य हुनेछौं,’ यादवले भने, ‘चुनावी प्रक्रियामा व्यक्तिभन्दा पनि पार्टीले चुनाव जित्ने हो ।’