जापानका लागि नेपाली राजदूतमा अवकास पाएका परराष्ट्र सचिव मदनकुमार भट्टराई

काठमाडौ – परराष्ट्र सचिव डा.मदनकुमार भट्टराई जापानका लागि नेपाली राजदूत हुने निश्चित भएको छ । व्यवस्थापिका संसदको सुनुवाई समितिले बिहीबार अवकास पाएका उनको नाम अनुमोदन गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले सर्वसम्मतले भट्टराईको नाम अनुमोदन गरेको हो । उमेरका आधारमा भट्टराईले अवकाश पाएका छन् । समितिले अनुमोदन गरेपछि अब उनको एगि्रमो स्विकृतिका लागि जापान पठाइनेछ । जापानमा हाल रहेका नेपाली राजदूत गणेश योञ्जनको पदावधि दुई महिनापछि सकिदैंछ ।