काठमाडौं – अमेरिकी नागरिकलाई अपहरण गरी दुर्व्यवहार गर्ने सैनिक अधिकृत उपसेनानी गौतम चन्द ठकुरीलाई नेपाली सेनाले कारबाही गरेको छ ।
समरी जनरल सैनिक अदालतले ठकुरीलाई भविष्यमा सरकारी सेवामा निमित्त अयोग्य नठहरिने गरी सैनिक सेवाबाट बर्खास्त गर्ने फैसला गरेको हो । उप सेनानी ठकुरीले गैर सैनिक महेशजंग कार्की समेतको संलग्नतामा ठमेलस्थित होटल ड्रिम होमबाट अमेरिकी नागरिक जोन रोबर्ट स्क्रम्फ अपहरण गरेका थिए ।
उनले गत जेट १५ गते राति राति १ बजे सम्बन्धित होटलवालालाई जानकारी नगराई बौद्धस्थित हायात होटलको तारा क्यासिनोमा लगी जुवा खेलेको, अस्वभाविक फजुल खर्च गराएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
आफ्नो ओहदा अनुसारको आचरणको पालना नगरी सुव्यवस्था तथा सैनिक अनुशासन विरुद्ध हुने कार्य गरेको र आफ्नो नाममा जारी भएको सैनिक परिचय पत्रको दुरुपयोग गरेकाले सैनिक ऐन, २०६३ को दफा ५२ को खण्ड (छ) र (झ) अनुसारको कसुरमा दोषी ठहर्याई कारबाही गरेको जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



