काँग्रेस—एमालेमा वैचारिक, राजनीतिक, सांगठनिक र नेतृत्वको संकट छः अध्यक्ष दाहाल

imagesimages

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको वैचारिक राजनीति ठूलो संकटमा रहेको बताउनुभएको छ ।

Nepal life insurance

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशका ठूला राजनीतिक दलहरुमा आइडोलोजिकल एण्ड पोल्टिकल क्राइसिस रहेको जिकिर गर्नुभयो । काँग्रेसमा विश्वेश्वरप्रसाद कोईराला र गिरिजाप्रसाद कोईराला जस्ता नेताहरुले खेलेको भुमिका र गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको बताउनु भयो ।

एमालेमा पनि वैचारिक, राजनीतिक संकट र नेतृत्वको संकट अहिले देखापरेको जिकिर गर्नुभयो । एमाले मदन भण्डारी र जबजको आधारमा टिकेको तर पछिल्लो समय जबजको प्रश्तावक र प्रवद्र्धक को हो भन्नेमै विवाद शुरु भएको बताउनु भयो । पूर्वराष्ट्रपति विद्या भण्डारीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारीका रुपमा आफूलाई प्रश्तुत गर्नुभएको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले देशमा र राजीनीतिक ठूला भन्ने दलहरुमा निकै ठूलो आइडोलोजिकल एण्ड पोल्टिकल क्राइसिस देखिएको छ । वैचारिक राजनीति निकै ठूलो संकटमा काँग्रेस पनि छ र एमाले पनि छ । काँग्रेसमा विश्वेश्वरप्रसाद कोईराला र पछिल्लो पटक गिरिजाप्रसाद कोईराला जस्ता नेताहरुले खेलेको भुमिका र गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको देखिन्छ । त्यही कुरा तपाईं हामीले हे¥यो भने एमालेभित्र झन ठूलो संकट छ । वैचारिक, राजनीतिक संकट र नेतृत्वको संकट अहिले देखापरेको छ । अहिलेसम्म त्यो पार्टीले मदन भण्डारी र जबजको आधारमा टिकाएको र अघि लगेको छ । आजको दिन जबजको उत्तराधिकारी को हो भन्ने क्राइसिस भयो । जबजको प्रवर्तक नै को हो, प्रश्तावक को हो ? भन्नेमा विवाद शुरु भएको छ । यो ठूलो संकट हो । मदन भण्डारीसँग सम्बन्धित एउटा कार्यक्रममा प्रधानमन्त्रीले मदन भण्डारीका ४ वटा श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भन्नेकुराबाट शुरु भएको प्रक्रिया अहिले पक्कैपनि पूर्वराष्ट्रपति विद्या भण्डारीजीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी मै हो भन्ने ढंगले अघि आउनुभएको छ । यो संकट गहिरिने देखिएको छ । यो ठूलो आइडोलोजिकल, पोल्टिकल क्राइसिस हो । काँग्रेसमा पनि र एमालेमा पनि । यतिबेला वैचारिक राजनीतिक संकट नभएको पार्टी माओवादी केन्द्र हो ।’

अध्यक्ष दाहालले अहिले वैचारिक राजनीतिक संकट नभएको पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गर्नुभयो ।

 

Nepal life insurance

अन्य समाचारहरु