मधेसी फोरम गणतान्त्रिकद्धारा आफूहरुलाई उपप्रधानमन्त्री दिने पूर्वसहमति माओवादीले कार्यान्वयन नगरे सरकारमा सहभागी नहुने

– गोविन्द परियार

 

काठमाडौं –  आफूलाई उपप्रधानमन्त्री दिने पूर्वसहमति माओवादीले कार्यान्वयन नगरे सरकारमा सहभागी नहुने अडान मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले राखेका छन्।

 

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर निवास भक्तपुरमा विहीबार साँझ बसेको मधेसी मोर्चामा संलग्न पाँच अध्यक्षको बैठकमा गुप्ताले माओवादीसँग भएको पूर्वसहमति अनुसार उपप्रधानमन्त्री नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए। मोर्चाले पाएको ११ मन्त्रालयको भागबण्डा गर्न बसेको बैठक गुप्ताको अडानले अघि बढ्न सकेन।

बैठकमा सहभागी एक नेताका अनुसार माओवादीले मोर्चालाई तीन उपप्रधानमन्त्री दिने सहमति गरिसकेकाले मोर्चा त्यसबाट पछि हट्न नहुने अडान गुप्ताले राखेका थिए। ‘माओवादीले तीन उपप्रधानमन्त्री दिने सहमति गरेको हो,’ गुप्तालाई उद्धृत गर्दै ती नेताले भने, ‘पूर्वसहमति कार्यान्वयन नहुने हो भने म सरकारमा सहभागी नहुने मात्रै होइन, समर्थन नै फिर्ता लिनसक्छु।’


उपप्रधानमन्त्री दाबी गरिरहेका तराई मधेश लोकतानित्रक पार्टीका नेता हृदयेश त्रिपाठीले पनि गुप्तालाई साथ दिइरहेका छन्।


गुप्ताले अडान राखेपछि मोर्चाले शुक्रबार बिहान फेरि माओवादीसँग वार्ता गरी अन्तिम निर्णय गर्ने निष्कर्ष बैठकले निकालेको छ। ‘भोलि (शुक्रबार) बिहान १० बजे माओवादीसँग हुने बैठकले मन्त्रालय बाँडफाँट र मन्त्री चयनको अन्तिम टुंगो गर्छ,’ सद्भावना अध्यक्ष राजेन्द्र महतोले विहीबार राति   भने।


गुप्ताले बैठकअघि सञ्चारकर्मीसँग छोटो कुरा गर्दै माओवादीले सहमति उल्लंघन गर्न खोजेको आरोप लगाएका थिए। गुप्ताले भने, ‘शुक्रबारसम्मा उसले मोर्चासँग भएको सहमति कार्यान्वयन गरेन भने म निर्णय परिवर्तन गर्नसक्छु।’


स्रोतका अनुसार तमलोपा सहअध्यक्ष त्रिपाठीले भौतिक योजना तथा निर्माण मन्त्रालयसहित उपप्रधानमन्त्री दाबी गरेका छन्। तमलोपाले उनको नेतृत्वमा दुई मन्त्री पठाउने निर्णय गरिसकेको छ। अध्यक्ष ठाकुर सरकारमा सहभागी हुने छैनन्।


विहीबार मोर्चाका तर्फबाट उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच गृह, रक्षा, सूचना तथा सञ्चार, भौतिक योजना तथा निर्माण, स्वास्थ्य तथा जनसंख्यालगायत शक्ति र स्रोतका दृष्टिले मह