एमालेको जवाफः अब विद्या भण्डारीका लागि पार्टीको ढोका बन्द भैसक्यो

imagesimages

 

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्व राष्ट्रपति विद्या भण्डारीको पार्टीको ढोका बन्द भइसकेको बताएका छन्। नेपाल प्रेस सोसाइटीले भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा  उनले भण्डारीको सदस्यता अब एमालेमा नवीकरण नहुने बताए।

हिजो पत्रकार सम्मेलन गर्दै भण्डारीले आफ्नो पार्टी सदस्यता विधिसम्मत ढङ्गले नवीकरण भएको भन्दै कसैले हटाएर हट्ने दाबी गरेकी थिइन्। तर त्यसको अर्को दिन एमाले प्रचार विभाग प्रमुख गौतमले बाटो बन्द भएको जवाफ दिए ।

‘पूर्व राष्ट्रपति विद्या भण्डारीले राजनीतिमा जान्छु भन्ने उहाँले जिकिर त गर्नुभयो। उहाँले म सामान्य विद्या भण्डारी हो भन्ने कुरमा मात्रै हेक्का राख्नुभयो। उहाँले म देशको पूर्व राष्ट्रपति हुँ, मैले संविधानका यी कामहरू गरेर आएको छु भन्ने कुराको हेक्का राख्नुभएन।’गौतमले भने, केन्द्रीय कमिटीको निर्णयले नै आउन मिल्दैन भनिसक्यो। संविधानलाई जोडेर मेरो मौलिक हक हो भन्ने कुराले अर्थ राख्दैन। राजनीतिमा उमेर भएकाहरू सक्षम व्यक्तिहरू राष्ट्रपतिको ललिपप देखेर खुरुक्क जान होइन।’

उनले भण्डारीको एउटै ध्यान पार्टी सदस्यतामा देखिएको भएपनि सदस्यताको निष्क्रिय भइसकेको दाबी गरे।  ‘विधानको धारा ८ र ९ हेर्नुभए हुन्छ। सभामुख उपसभामुख राष्ट्रियसभा अध्यक्षलगायतको हकमा विधानको धारा ९ आकर्षण गर्छ। उहाँहरूले सदस्यता स्थगित गरेर जानुहुन्छ पार्टी छाड्न पर्दैन। तर राष्ट्रपति भएपछि सांसद पदबाटै राजीनामा दिनुपर्छ। ‘ उनले भने । – SP

 

Nepal life insurance

अन्य समाचारहरु