चलचित्र ‘जनक्रान्ति‘ निर्माण हुने : प्रचण्डले गरे चलचित्र जनक्रान्तिको पोष्टर सार्वजनिक

imagesimages

 

काठमाडौं । चलचित्र ‘जनक्रान्ति‘ निर्माण हुने भएको छ । गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आधारित चलचित्र जनक्रान्ति निर्माण गर्न लागिएको हो ।

निर्माण हुन लागेको उक्त चलचित्रको पहिलो पोष्टर शनिबार गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् ।

Nepal life insurance

रुद्राक्ष फिल्स प्रालिको व्यानरमा निर्माण हुने जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन् । भाद्र दोस्रो सातादेखि चलचित्रको छायांकन सुरु गरिने निर्माण पक्षले बताएको छ । जनकान्तिको प्रर्दशनको मिति फागुन १ का लागि तय गरिएको निर्माता रुद्रप्रसाद खनालले जानकारी दिए ।

चलचित्रमा गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरुको पृष्ठभूमिको कथा समेटिएको निर्देशक तिमिल्सिनाले बताए ।

सत्य घटनामा आधारित हुने चलचित्र नयाँ पुस्ताका युवाहरुका लागि नेपालको राजनैतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षले बताएको छ । चलचित्रको छायांकन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालीकोट, बाँके, बर्दिया र पूर्वी नेपालको धनकुटा खोटाग भोजपुर तथा तराई मधेशको सर्लाहीमा गरिने छ । -KP

 

Nepal life insurance