पूर्व अर्थसचिव रामेश्वर खनालले चालु आर्थिक वर्षको बजेट परिमार्जन गरिए त्यसले आर्थिक अस्थिरता ल्याउने चेतावनी दिनुभएको छ । शनिबार हामीसँग कुरा गर्दै उहाँले बजेट परिमाजर्नन गरिए कार्यान्वयन हुन नसक्ने र राम्रा आयोजना पनि पुरा हुन नसक्ने बताउनुभयो ।
माओवादी र मधेशी मोर्चाबीच अहिलेको बजेटमा परिमार्जन गर्ने सहमति भएको सन्दर्भमा खनालले बजेट परिमार्जन गर्नु गलत कदम हुने वताउनुभयो ।
दलहरुबीच मन्त्रालय बाँडफाँडमा कुरा नमिलिरहेको अवस्थामा उहाँले अर्थमन्त्रीमा नियुक्त भएकै दिनदेखि आर्थिक समस्या समाधान गर्न सक्ने सक्षम व्यक्तिलाई अर्थमन्त्री बनाइनुपर्नेमा जोड दिनुभयो ।
छिटो बजेट पारित गरी शान्ति सुरक्षा र कानूनी शासनको पालनामा गराउन सरकार गम्भिर बन्नुपर्नेमा उहाँको जोड छ ।
वर्तमान सरकार कानूनी शासनको पालना एवं लगानी मैत्री वातावरण निर्माणमा तत्काल केन्द्रित हुनुपर्ने उहाँको सुझाव छ ।



