राप्रपाले अधिवेशनलाई व्यवस्थित गर्न जिल्लामा खटायो केन्द्रीय पर्यवेक्षक

imagesimages

 

काठमाडौँ राप्रपाले पार्टीको जिल्ला र स्थानीय तहहरुको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित बनाउन केन्द्रीय पर्यवेक्षक तोकेको छ । राप्रपाले जिल्लागत रुपमा केन्द्रीय पर्यवेक्षक तोकेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिएका हुन्  ।

Nepal life insurance

जसमा झापामा इनु अधिकारी, इलाममा लक्ष्मी प्रसाद संग्रौला, पाँचथरमा लिला देवी श्रेष्ठ, ताप्लेजुङमा प्रेमराज थाम्सुहाङ, संखुवासभामा तेन्जिङ भोटिया, तेह्रथुममा विश्वमोहन थापा, धनकुटामा केदार कोइराला, भोजपुरमा सुभाष चन्द्र खडका, सुनसरीमा भक्ति सिटौला, मोरङमा कुमार बहादुर थापा, उदयपुरमा किशोर कुमार कार्की धरान, खोटाङमा विजयकला राई, ओखलढुङ्गामा प्रबिन थोकर तामाङ्ग, सोलुखुम्बुमा एजी शेर्पा रहेका छन् ।

त्यसैगरी सप्तरीमा प्रल्हाद प्रसाद शाह, सिरहामा मोहन यादव, धनुषामा बिना जयसवाल, महोत्तरीमा मनोज मल्ल, सर्लाहीमा गोपाल दाहाल, रौतहटमा डा. ठाकुर मोहन श्रेष्ठ, बारामा डा. राजेश गिरी, पर्सामा दिपक बहादुर सिंह, सिन्धुलीमा  श्रीकृष्ण श्रेष्ठ, मकवानपुरमा डा. धवल शमशेर राणा, रामेछापमा बिजय खड्का, दोलखामा उदयसिँ मुस्याजु, सिन्धुपाल्चोकमा अमृत पुडासैनी, काभ्रेमा सरस्वती केसी अधिकारी, भक्तपुरमा रोशन कार्की, ललितपुरमा प्रकाश रिमाल र उद्धवराज भेटवाल, काठमाडौँमा वुद्धिमान तामाङ, नुवाकोटमा उद्धव थापा, धादिङमा विक्रम पाण्डे रहेका छन् ।

त्यस्तै चितवनमा रविन्द्र मिश्र, रसुवामा आशा लामा र डम्बर तामाङ, कास्कीमा हिक्मतजङ्ग कार्की, स्याङ्जा सुशीला केसी अधिकारी, पर्वतमा अर्जुन प्रसाद खनाल, बाग्लुङमा बिन्दु पहाडी, म्याग्दीमा  दिल विकास राजभण्डारी, मुस्ताङमा भिम प्रसाद गौचन, मनाङमा अरुण गिरी, लमजुङमा देवी कँडेल, गोरखामा हेमजङ्ग गुरुङ्ग, तनहुँमा शरदराज पाठक, नवलपुरमा शंकर खराल, नवलपरासीमा तोयनाथ लम्साल, रुपन्देहीमा ध्रुव वहादुर प्रधान, कपिलवस्तुमा सम्झना चौधरी रहेका छन् ।

त्यसैगरी दाङमा स्वाती थापा, बाँकेमा दामोदर भण्डारी, बर्दियामा प्रेमबहादुर भण्डारी, प्युठानमा सुभाष पण्डित, अर्घाखाँचीमा बसन्तबिक्रम शाही, पाल्पामा मेनुका खाँड, गुल्मीमा हरिकृष्ण अधिकारी, रुकुम पूर्वमा केशव शाह समाल, रोल्पामा सरिता देवकोटा, सुर्खेतमा ज्ञानेन्द्र शाही, दैलेखमा रवि किरण हमाल, सल्यानमा यज्ञबहादुर सिँह, जाजरकोटमा कालिबहादुर शाही, पश्चिम रुकुममा अनिसा नेपाली, डोल्पामा अँगद बुढा, जुम्लामा धनबहादुर वुढा, हुम्लामा सत्यबहादुर शाही, मुगुमा रमानन्द न्यौपाने, कालिकोटमा सन्तोषी शाही रहेका छन् ।

त्यस्तै कैलालीमा जयन्त चन्द, कञ्चनपुरमा राजेश भण्डारी, डोटीमा पुर्णवहादुर चन्द, अछाममा लोकेन्द्र कुवर, बाजुरामा प्रेम वलायर, बझाङमा तीर्थराज चटौत, बैतडीमा गोविन्द खडायत, दार्चुलामा अशोक सिंह सम्राट र डडेलधुरामा विरेन्द्र वम रहेका छन् ।

यसरी तोकिएका पर्यवेक्षकहरुलाई जिल्ला कार्य समिति, सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश पदाधिकारीहरुसंग सम्पर्क र समन्वय गरी जिल्ला अधिवेशनको वातावरण बनाउन, अनुगमन र सहयोग गर्न, भ्रष्टाचार विरुद्धको कार्यक्रम गर्न, गराउन, आगामी आन्दोलनको तयारी गर्न, पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न, गराउन आवश्यक सहजीकरण र समन्वय गर्न जिम्मेवारी प्रदान गरिएको राप्रपाले जनाएको छ । पर्यवेक्षकहरुले अविलम्ब आफ्नो कार्य प्रारम्भ गर्न र नियमित प्रतिवेदन पेश गर्नुपर्ने निर्देशन दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

Nepal life insurance

अन्य समाचारहरु