




तिमी र म
![]()
-गंगा ज्ञवाली
मैले ‘म’ लाई ‘म’ भित्र धेरै खोजे!
म भित्रको म मैले देख्नै सकिन
म भित्र त म नै रहेनछु
मैले मलाई म भित्र कसरी भेटु त..???
म भित्र त तिमी पो…….!!!
अनि कहाँ थियौ त ….?
अदृश्य थियौ वा अन्जान??
पर्खायौ कुरायौ धेरै धेरै …..
असिम पर्खाइ पछि बल्ल त तिमी आयौ,
म भित्र म नभई तिमीलाई पाएर
सारा खुसी आयो
अनि बाच्यो समय,
जिवन्त बनेर …..!!!
त्यसैले होला
आफू भित्र म नभएर के भो र?
मैले म भित्र मलाई नदेखेर के भो र??
म भित्र रमाएको तिमी
म भित्र मुस्कुराएको तिमी
साँच्चै
तिमीलाई खुसी देखेर म पो रमाएछु
बनेछु विश्व विजेता जस्तै
अनायसै प्रफुल्लित म
सम्पूर्णमा पूर्ण तिमी संग म ।।।

गंगा ज्ञवाली
2082/04/17



