– आफ्नो पहिलो सार्वजनिक सम्बोधनमा प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति प्रक्रियाको बाटोबाट कुनै हालतमा पछि नहट्ने प्रतिबद्धता जनाएका छन्।
पूर्वी पहाडी जिल्ला सिन्धुलीमा आयोजित आफ्नो दलको एउटा कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियाको बाटोबाट फर्किने स्थिति नरहेको जनाए।



