अबको ४५ दिनमा शान्ति प्रक्रिया टुंगोमा नपुगेमा मधेशी मोर्चा सरकारबाट बाहिरिने

– दिलबहादुर छत्याल

 

धनगढी  – अबको ४५ दिनमा शान्ति प्रक्रिया टुंगोमा नपुगेमा मधेशी मोर्चा सरकारबाट बाहिरिने जनसंख्या तथा स्वास्थ्य मन्त्री राजेन्द्र महतोले बताएका छन। सुदुर पश्चिमको क्षेत्रीय वार्षिक समीक्षा गोष्ठिको समापनका लागि धनगढी पुगेका मन्त्री महतोले ४५ दिनमा शान्ति प्रक्रिया टुंगोमा पुग्ने बताए।

 

‘४५ दिनमा सरकारले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउँछ। संविधान निर्माणको काम अघि बढ्छ,’ उनले भने – ‘शान्ति प्रक्रिया टुंगोमा नपुगेमा यो सरकारको औचित्य छैन।

माओवादी भित्र देखापरेको साँचो विवादले शान्ति प्रक्रियालाई कुनै असर नपार्ने उनको भनाई थियो। माओवादीले गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने उनले बताए।


शान्ति प्रक्रिया ४५ दिनमा टुंगिएपछि नेपाली काग्रेस र एमालेलाई पनि सरकारमा समाबेश गराएर लैजानुपर्ने उनले बताए।