प्रधानमन्त्री भट्टराईद्धारा भ्रष्टाचारको जालो तोड्ने प्रण गर्न राष्ट्रसेवकहरुलाई आग्रह

काठमाडौं – प्राप्त समाचार अनुसार प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजामती सेवा दिवसको अवसरमा भ्रष्टाचारको जालो तोड्ने प्रण गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई आग्रह गरेका छन।

 

निजामती सेवा दिवस मूल समारोह समितिले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थायी सरकारका रुपमा रहने कर्मचारी प्रशासनले अहिलेको सङ्क्रमणमा खेलेको भूमिकाको प्रशंसा गरे । कर्मचारी प्रशासनलाई चुस्त, पारदर्शी र व्यावसायिक बनाउन निर्देशन दिँदै उनले सरकारले छलछाम र कामचोर प्रवृत्ति विरुद्ध भने कठोर कदम चाल्ने चेतावनी दिए ।

कार्यक्रममा प्रधानमन्त्री डा. भट्टराईले यस वर्षको सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कार परीक्षा नियन्त्रण कार्यालय, भक्तपुरका परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमलाई तथा अन्य ४१ जना कर्मचारीलाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार प्रदान गरे ।

 

यस्तै सेवा निवृत्त केही निजामती कर्मचारीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । जनतालाई सम्मान र सेवा, सुशासनमा टेवा