संबैधानिक समिति अन्तर्गत गठित उपसमितिको आजको बैठकमा संविधान पहिले कि शान्ति प्रक्रिया पहिले भन्न्ने बारेमा दलहरुवीच तीब्र विवाद भएको छ ।
बैठकमा कांग्रेस र एमालेले पहिले शान्ति प्रक्रिया टूंगोमा पु-याएर मात्र संविधान लेखन प्रक्रिया अगाडि बढाउनुपर्ने अडान राखेका थिए भने माओवादीले दुवै एकसाथ लैजानुपर्ने जिकिर गरेको थियो ।
विवाद बढ्दै गएपछि कुनै पनि निर्णय नगरी अनिश्चितकालका लागि बैठक स्थगित गरिएको छ ।