बझाङमा अविरल वर्षा संगै आएको पहिरोले घर बगायो

बझाङ   – बझाङमा बिहीबार राति परेको  अविरल वर्षा संगै आएको पहिरोले घर बगाएको छ । बझाङको बाँझ गाविस ८ सुधाडाका पिरु विकको पहिरोले  घर बगाउँदा घरमा रहेको  नगद तथा जिन्सी गरि झन्डै ५ लाख बराबरको क्षेती भएको उनका आफन्तले जनाएका छन् ।

गाउँबाट १० मिटर टाढा रहेको विकको ३ तलाको पक्की घर पहिरोले  बगाएको हो । अहिले उनको परिवार आफन्तको घरमा बसेका छन् ।

घर राति बगाएकाले घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, सुन, चाँदी भाडाकुडा सबै पहिरोले बगाएर लिएको भएपनि मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिकको घर सदरमुकाम चैनपुरबाट दुई दिनको पैदल दुरीमा पर्छ ।