रवि लामिछाने रिहा नहुने, थुनामै पठाउने आदेश

imagesimages

 

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न नमिल्ने आदेश भएको छ ।

Nepal life insurance

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाले लामिछानेले पेश गरेको निवेदनमा आदेश दिदै उनले मागे बमोजिम नहुने फैसला गरेका छन् ।

लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका थिए । उनले निवेदनसँगै बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका थिए ।

लामिछाने बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा गत चैत २५ देखि रुपन्देही कारागारमा थुनामा रहेका छन् ।

 

Nepal life insurance

अन्य समाचारहरु