सेप्टेम्बर ११ को पूर्व सन्ध्यामा अमेरिकाको न्युयोर्क र वाशिङ्टन शहरमा आतंकबादी हमलाको खतरा औंल्याउँदै सुरक्षा व्यवस्था कडा
भाद्र २३ गते, २०६८ मा प्रकाशित
अमेरिकाको आन्तरिक सुरक्षा विभागले न्युयोर्क र वाशिङ्टन शहरमा आतंकबादी हमलाको खतरा रहेको जनाएको छ । सेप्टेम्बर ११ को आतंकबादी हमलाको दशबर्षको पूर्व सन्ध्यामा आतंकबादी हमलाका घटना हुनसक्ने खतरा औंल्याउँदै विभागले सतर्कता अपनाउन सबैलाई आग्रह गरको छ ।
हालै मात्र अमेरिकी नागरिकसहित तीन जना संदिग्ध ब्यक्ति आतंकबादी हमलाको तयारीमा रहेको खुलासा भएको थियो ।
यसअघि गत मे मा पाकिस्तानमा ओसामा बिन लादेनको हत्यापछि फेला परेको कागजातमा पनि सेप्टेम्बर ११ को हमलाको दश बर्षको पूर्व सन्ध्यामा आतंकबादी हमला गर्ने योजना रहेको फेला परेको थियो । हमलालाई ध्यानमा राखी न्युयोर्क र वाशिङ्टनमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।