इनरुवा – शनिवार बिहार सरकारको जल संसाधन मन्त्रालयका प्रधान सचिव अफजल अमानुल्लाह सहित उच्च भारतीय प्राबिधिकहरुको टोलीले कोसीको पुर्वी तटबन्धको निरीक्षण गरेका छन् । प्राबिधिकहरुको टोलीले कोसी ब्यारेजदेखी राजावास सम्म पूर्वी तटबन्धको निरीक्षण गरेको हो ।
अनुगमन निरीक्षणका क्रममा प्रधान सचिव अमानुल्लाहले कोसीको पुर्वी तटबन्ध अन्तरगत जोखिमपुर्ण रहेको स्थानमा निगरानीका राख्न कोसी योजनाका प्राबिधिक र कर्मचारीहरुलाइ निर्देशन दिए ।