नेकपा एमालेका सचिव शंकर पोखरेलले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टरार्इ मुख्य कामलाई छोडेर सस्तो लोकप्रियता प्राप्त गर्न लागि परेको आरोप लगाएका छन ।
आज दाङको तुलसीपुरमा पत्रकारहरुसँग कुरा गर्दै सचिव पोखरेलले प्रधानमन्त्री भट्टरार्इले शान्ति प्रक्रिया र संविधान लेखनलाई निश्कर्षमा पुर्याउनतिर भन्दा सस्तो चर्चा र लोकप्रीयता कमाउन लागि परेको आरोप लगाए । सरकारले शान्ति प्रक्रिया र संविधान लेखनलाई निश्कर्षमा पुर्याउनका लागि आफ्नो सबै ध्यान केन्द्रीत गर्नुपर्ने उनको भनाइ थियो ।
संविधान लेखन र शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन एमालेले प्रतिपक्षको नभइ साझेदारको भूमिका खेल्ने र सरकारलाई पुरै सहयोग गर्ने पोखरेलले वताए ।