यस वर्षको एसएलसी पुरक परीक्षामा ६३ दशमलव ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । एसएलसी परीक्षामा दुई विषय फेल भएका विद्यार्थीले पुरकमा सहभागी हुन पाउँछन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार साँझ सार्वजनिक गरेको नतिजाअनुसार ७७ हजार ८ सय ८३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । साउन २३ गतेदेखि ३० गतेसम्म भएको एसएलसी पुरक परीक्षामा एक लाख २२ हजार ४ सय ७३ जना विद्यार्थी सहभागी थिए ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार सबै भन्दा भन्दा बढी अनिवार्य गणित बिषयमा ६४ हजार ५ सय १७ जना र अंग्रेजीमा ५२ हजार ७ सय ४३ जनाले परीक्षा दिएका थिए । २७ विषयका लागि २ सय २३ परीक्षा केन्द्र तोकिएको थियो ।
परिक्षाफल हेर्ने तरिका :
एसएलसी पुरक परीक्षाको नतिजा नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार थाहा पाउन सकिने छ ।
यसैगरी निम्न वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।



