दाहालले आफु ब्यक्तिगत तथा पारिवारिक काममा आएको उल्लेख गर्दै थाहा पाउनु पर्नेले आफ्नो भ्रमणबारे जानकारी रहेको बताए । उनी कहाँ गएका थिए अझै खुलेको छैन ।
साथै उनले विमानस्थलमा संवाददाताहरुसंग केही दिनभित्रै शान्ति प्रक्रियामा अर्को एउटा नयाँ कदम अगाडि आउने दावी गरे । त्यो के हो भन्ने चाही खुलाएनन् ।
संविधान निर्माणमा राज्य पुनसंरचनाको विषय केही जटिल भएपनि यो विषय करिब टुंगिन लागेको जानकारी दिए ।
विज्ञहरुको समिति बनाएर पुनसंरचनाको विषयलाई जिम्मा दिने भन्नेमा सहमति भइसकेकाले यसमा जटिलता नरहेको उनको भनाइ थियो ।
शान्ति प्रक्रियाका विषयमा पनि विषयवस्तुको दृष्टिकोणले त्यति जटिल नभएको दाहालले बताए । आफू राजधानी पुगेपछि कांग्रेस, एमालेलगायतका दलसित कुरा गर्ने उल्लेख गर्दै दाहालले केही दिनभित्रै शान्ति प्रक्रियामा नयाँ कदम अघि बढ्ने बताए ।
शुक्रबार साँझ अकस्मात विराटनगर विमानस्थलमा ओर्लेर एउटा निजी गाडीमा निस्केका उनी आइतबार मध्यान्नसम्म सम्पर्कबिहीन थिए । उनले आफू व्यक्तिगत र पारिवारिक भ्रमणमा पूर्व आएको बताए पनि कहाँ



