प्रधानमन्त्री भट्टराईद्धारा पत्रकारको भौतिक र व्यवसायिक सुरक्षाको प्रत्याभूति गर्न सरकार प्रतिवद्ध रहेको प्रष्ट

२५ भदौ, काठमाडौ । प्रधानमन्त्री डा‌. बाबुराम भट्टराईले शान्ति र संविधान निर्माण राष्ट्रिय आवश्यकता भएको भन्दै यसका लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री भट्टराईले पत्रकारको भौतिक र व्यवसायिक सुरक्षाको प्रत्याभूति गर्न सरकार प्रतिवद्ध रहेको प्रष्ट पारे ।


प्रधानमन्त्री भट्टराईले राजनितिक आवरणमा हुने गरेको पत्रकारमाथिको आक्रमणलाई निरुत्साहित गर्ने आश्वासन दिए । पत्रकार महासंघका अध्यक्ष शिव गाउलेको नेतृत्वमा गएको महासंघको टोलीले सरकारले पत्रकारहरुको भौतिक र व्यवसायिक सुरक्षाका लागि प्रधानमन्त्री भट्टराईको ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष गाउलेले पत्रकार माथि तीव्ररुपले भौतिक आक्रमण भइरहेको भन्दै सरकारले तत्काल कदम चाल्नुपर्ने माग गरे । यसैगरी महासंघको भवन निर्माणको लागि बजेट  छुट्याउन गर्नुभएको गाउलेको आग्रहमा प्रधानमन्त्री भट्टराईले तत्काल बजेट छुट्याउने आश्वासन दिए ।