राजनीतिक दल खोल्ने दुर्गा प्रसाईको घोषणा

imagesimages

 

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् ।

जेलबाट धरौटीमा रिहा भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै प्रसाईले उनले अब राजनीतिक दल गठन गरेर अगाडी बढ्ने घोषणा गरेका हुन् ।

Nepal life insurance

प्रसाईले पत्रकार सम्मेलनमा राप्रपाले आफुलाई छुरा हानेको आरोप लगाउदै राजेन्द्र लिङदेनले आफुलाई बैंक चोर भनेको प्रति आपत्ति जनाएका थिए । उनले बैंकलाई तिरेको ब्याज र कर्जा सूचना केन्द्रले पनि आफुलाई कालो सूची नराखेको स्पष्ट गरेका थिए ।

प्रसाईले आफुहरुको मुद्धा राजा ल्याउने रहेपनि अब राजामै सबै कुरा भरपर्ने बताए । आफुले प्रयास गरेको तर अब राजाले के गर्छन भन्ने अनुसार अगाडी बढ्न बताए ।

उनले व्यवस्था भित्र बसेर व्यवस्था विरोधी आन्दोलन गर्न दल दर्ता गर्न लागेको बताउदै राप्रपा र आफुमा धेरै फरक रहेको बताए ।

 

Nepal life insurance

अन्य समाचारहरु