दसैंमा घर र्फकने यात्रुका लागि अगि्रम बुकिङ खुला


 

– लीलानाथ घिमिरे

 

काठमाडौ  – यातायात व्यवसायीले दसैंमा घर र्फकने यात्रुका लागि आइतबारदेखि अगि्रम बुकिङ खुला गर्ने भएका छन् । हरेक वर्ष दसैं आउनु एक महिनाअघि टिकट बुकिङ गर्ने व्यवसायीले यसपालि सरकारले भाडा बढाउने आशामा ढिला गरेका हुन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघको शनिबार बसेको बैठकले बुकिङ खुला गर्ने निर्णय गरेको हो । ‘हामीले आइतबारदेखि मेचीदेखि महाकालीसम्मका सबै रुटमा अगि्रम बुकिङ खुला गर्ने निर्णय गरेका छौं,’ महासंघका केन्द्रीय कोषाध्यक्ष सरोज सिटौलाले भने ।

महासंघका निर्णयपछि सबै क्षेत्रका यातायात व्यवसायी संघ/संगठनले बुकिङ खुला गरेका छन् । व्यवसायीले तेलको मूल्य वृद्धिका आधारमा सवारीसाधनको भाडा बढाउन गरेको आग्रह सरकारले सुनुवाइ नगरेपछि पुरानै भाडादरमा बुकिङ सुरु गरेको सिटौलाले जानकारी दिए । ‘हामीले जनताप्रति जिम्मेवार भएर बजारमा हरेक कुराको मूल्य बढिरहे पनि घाटा खाएर पुरानो दरमै टिकट बुक गर्ने निर्णय गरेका छौं,’ उनले भने ।  यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक कपिल डंगोलले भने सवारीसाधनको भाडा वृद्धिबारे आफूहरूले अध्ययन गरिरहेको बताए ।

महासंघको निर्णयपछि सिन्धुली यातायात व्यवसायी सेवा समूहले आइतबार बिहानैदेखि टिकट बुकिङ गर्ने जनाएको छ । समितिका अध्यक्ष दिनेश बस्नेतका अनुसार नारायणगढ-बर्दिवास हुँदै सिन्धुली जाने र बीपी राजमार्ग हँुदै जाने दुवै रुटका बसका लागि बुकिङ खुला गरिएको हो । यो समूहका सवारीसाधन मार्फत यात्रुहरू रामेछाप, ओखलढुंगासमेत जान सक्छन् । बीपी राजमार्ग खुर्कोटमा पुगेपछि रामेछापर्फ र मध्यपहाडी राजमार्ग हुँदै घुर्मी पुगेपछि ओखलढुंगातर्फ जान सकिन्छ । यात्रुले चावहिल र कलंकीमा रहेका समूहका काउन्टरबाट अगि्रम टिकट लिनसक्ने अध्यक्ष बस्नेतले जानकारी दिए ।

धेरै सवारीसाधन भएका मकालु, अग्निलगायतका यातायात कम्पनीले भने बुकिङ केही ढिला गर्ने भएका छन् । मकालुका बुकिङ इन्चार्ज अर्जुन थापाले भदौ २७ देखि बुकिङ खुला हुनसक्ने जानकारी दिए । ‘सरकारले भाडा बढाउला भनेर पर्खेका हौं,’ उनले भने, ‘अब छिट्टै बुकिङ खुला गछौर्ं ।’ अग्नि यातायातका निर्देशक निर्मल रायमाझीले भने कम्पनीले दसैंका लागि बस थप्ने तयारी गरिरहेकाले बुकिङ ढिला भएको बताए । कम्पनीसँग २८ वटा बस छन् । ‘केही बस थपेपछि यात्रु क्षमताअनुसार बुकिङ गर्ने कम्पनीको तयारी छ,’ उनले भने, ‘अहिल्यै बुकिङ गर्दा कतिजनाको टिकट काट्ने निश्चित भएन ।’ कम्पनीले ५/६ वटा नयाँ बस थप्ने तयारी गरिरहेको उनले जानकारी दिए ।

यसपालिको दसैं मनाउन विदेशमा बसेकासहित धेरै यात्रु घर र्फकने अनुमान गर्दै महासंघले सवारीसाधन थप्ने तयारी गरेको छ । दसैंको घटस्थापनादेखि ६ दिन दैनिक ७० हजारजना र त्यसपछिका तीन दिन दैनिक एक लाखका दरले यात्रु बाहिरिने महासंघको अनुमान छ । गत वर्ष घटस्थापनादेखि नवमीसम्म दैनिक २ हजार २ सय सवारीसाधन राजधानीबाट बाहिर गएको महासंघको तथ्यांक रहेको कोषाध्यक्ष सिटौलाले जानकारी दिए । ‘यो वर्ष धेरैजना घर र्फकने अनुमान गरेका छौं,’ उनले भने, ‘त्यसैले दैनिक ३ हजार सवारीसाधन आवश्यक पर्ने हाम्रो अनुमान छ ।’ 

दसैंका बेला यात्रुलाई ठग्ने प्रवृत्ति बढ्ने देखेर महासंघले आफ्ना कर्मचारीलाई पोसाक र परिचयपत्रको व्यवस्था गर्ने भएको छ ।

उसले काउन्टरबाहिर टिकट किन्दा ठगिन सक्ने भएकाले परिचयपत्र हेरेर मात्र टिकछ काट्न यात्रुसँग आग्रह गरेको छ ।

‘काउन्टरमा काटेको टिकटमा बढी मूल्य लिएको, सिट नदिएको समस्या देखिए कर्मचारीलाई हामी कारबाही गर्छौं,’ कोषाध्यक्ष सिटौलाले भने, ‘सडकमा नचिनेका व्यक्तिसँग टिकट लिँदा ठगिन सक्ने भएकाले सचेत हुन यात्रुलाई आग्रह गरेका छौं ।’

महासंघले यात्रुको धेरै भीडभाडमा पकेटमारी, लुटपाट हुनसक्ने भएकाले सुरक्षाको पूर्ण व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । ‘हामीले सवारीसाधन र यात्रुको चाप धेरै हुने नयाँ बसपार्क, पुरानो बसपार्क, कलंकी, गौशाला र कोटेश्वरमा जनपद र ट्राफिक प्रहरीको संख्या बढाउन आग्रह गरेका छौैं,’ सिटौलाले भने । लामो दूरीका सवारीसाधन चल्ने बाटोमा जंगल पर्ने ठाउँमा हुनसक्ने लुटपाट रोक्न स्कर्टिङको व्यवस्था गर्नसमेत प्रहरीको उपल्लो दर्जाका अधिकृतहरूलाई भेटेर आग्रह गरिएको उनले जानकारी दिए ।

यात्राका क्रममा राजमार्गका होटलहरूले बासी खाना खुवाउने, बढी मूल्य लिने गरेको गुनासो आइरहेका बेला महासंघले त्यसको प्रभावकारी अनुगमन गर्न सम्बन्धित जिल्लाका प्रशासन कार्यालय र सुरक्षा निकायलाई आग्रह गरेको छ । ‘होटलले बासी भात खुवाउँदा, त्यसको मनपरी मूल्य लिँदा त्यसको दोषसमेत यातायात व्यवसायीमाथि थोपर्ने गरिएको छ,’ सिटौलाले भने, ‘त्यसको अनुगमन गरेर दोषीलाई कारबाही गर्ने जिम्मा प्रशासन र सुरक्षा निकायको हो । त्यसको दोष हामी बोक्न तयार छैनौं । सम्बन्धित निकायले प्रभावकारी अनुगम गरेर दोषीलाई कारबाही गरेर यात्रुलाई राहत दिनुपर्छ ।’