




काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबारमा बोलाएका छन् । संसदीय दलको कार्यालय सिंहदरबार दुई दलले आफ्ना सांसदलाई बोलाएका हुन् ।


उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारीका लागि हस्ताक्षर गर्न बैठक बस्न लागेको बताइएको छ । उपसभामुख रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो ।
उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास आन्तरिक रुपमै भैरहेको थियो । -SP



