




काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरेका हुन् ।
विधेयक पेश गर्दै समितिले सरोकारवालाहरूको माग, सरकारले शिक्षकहरूसँग गरेको सहमतिमा समेत छलफल गरेर प्रतिवेदन तयार पारिएको उनले बताए ।

सभापति थापाले विद्यार्थीको शिक्षा पाउने अवसरबाट वञ्चित हुन नदिन र शिक्षा क्षेत्रको गुणस्तर कायम गर्न खोजिएको बताए ।

सभापति थापाले विधेयकमाथिको छलफलका क्रममा निकै दबाब आए पनि मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि दबाबलाई वेवास्ता गर्दै अन्तिम प्रतिवेदन पारित गरेको बताए ।



