`माग्ने महाराज`को सिक्वेल बनाउँदा राम्रो, `माग्ने राजा´ हेर्नू अघि यो पढनुहोस्

imagesimages

 

`माग्ने महाराज`को सिक्वेल बनाउँदा राम्रो, `माग्ने राजा´ हेर्नू अघि यो पढनुहोस्

प्रकाश तिमल्सिना

काठमाडौं, ६ भदौं।

अब सिक्वेल `माग्ने महाराज´को माग गरियो: 

हेरून्जेल दर्शकलाई फिल्मले बाँधिरहन्छ भने त्यो फिल्म सफल मानिन्छ । मैले चाहिँ यो फिल्ममा कतै पनि बोर फिल गरिन, हेरून्जेल मज्जा छ।

निर्देशक र लेखकले `माग्ने´लाई गरिबीमा पनि चरम, धनाढय पनि चरम रूपमा देखाएका छन्। कहिले रिन तिर्न नसकेर भागिरहेको माग्ने, कहिले पैसाको बिटो फ्याक्ने माग्ने।

Nepal life insurance

निराशा पनि चरम, क्रान्तिकारी छवि पनि चरम देखाएका छन् । १५ सय मागेर काठमाडौं छिरेको माग्ने अर्बपति हुदैँ सबै सकिएर १५ सय मागेर गाउँ फर्किने पनि माग्ने ।

images

माग्नेको चरित्र उत्कृष्ट छ, उनको यो फिल्मले अर्कै छवि स्थापित गर्छ, वर्षा सिवाकोटीलाई फरक लुक्समा देखाएर निर्देशकले आफ्नो क्षमता भरपुर प्रयोग गरेका छन् ।

म्युजिक पनि चरम छ, बबाल म्युजिकले फिल्मले हाईट लिएको छ। समग्रमा भन्नू पर्दा हरेक दृश्यलाई `डिप´मा देखाईएको छ, यसमा चाँही लेखक र निर्देशकीय क्षमता प्रस्फुटन भएको छ, कुनै पनि दृश्य ओभर र सतही छैन्। मेकिङ उत्कृष्ट छ। कुनै दृश्यले आँखा बिझाउँदैन्।

images

मेरो ब्यक्तिगत दृष्टीकोण: सेकेन्ड लास्ट जम्मा २ मिनेटको सिनमा सम्पति सबै बन्धक भएको र पैसा सकिए पनि माग्नेले अरूलाई चुनाब हराएर गाउँ फर्के पछिको सिन भने कता कता खल्लो लाग्यो,

images

माग्नेलाई हराउन भन्दा पनि सेकेन्ड लास्ट सिनमा जिताई दिनु पर्थ्यो बरू सम्पत्ति शुद्दीकरणको मुद्दा पछि पद निलम्बनमा परेेर गाउँ फर्काएको भए माग्ने `माग्ने राजा` हुन्थ्यो कि ?

फिल्मवाट १० प्रतिशत ज्ञान र ९० प्रतिशत मनोरञ्जन लिन चाहानेलाई यो `कम्प्लिट फिल्म` हो, यो उच्चकोटीको सिरियस कमेडी फिल्म हो।  हेर्न गएँ, पैसा खेर गएको फिल चाँही हुन्न।

खैर, थापाथलीको २५ रोपनी जग्गा `उपहार´ पाएको सिन देखाउँदा देख्दा थप उत्सुकता जगाएको छ,

अब `माग्ने महाराजको´ प्रतीक्षा गरियो।

Nepal life insurance

 

 

Nepal life insurance