मिनिरल वाटरमा खराव पानी फेला


 

काठमाडौ – कहिले गुदपाक, कहिले काठमाडौंमा बिक्री हुने मासुका अनेकौ नकरात्मक समाचार सँगै फेरी काठमाडौंको मनमैजु स्थित त्रिसुली मिनिरल वाटर  र वेभरेजमा खराव पानी फेला परेको छ । समाचार अनुसार मंगलबार दिउसो वाणिज्य विभाग र जिल्ला प्रशासाको संयुक्त अनुगमन टोलीले उक्त कुरा पत्ता लगाएको  हो ।

 

यसका साथै पिउन योग्य भनिएको  उक्त जारमा उत्पादल मिति सेम्टेम्बर हुनुपर्नेमा जुलाई राखिएको  छ । यस्तै यस कम्पनीको नापतौल विभागको प्रमाणपत्र, लेबल, ब्याच नम्बर समेत नभएको पाइएको छ ।

 

सो क्रममा टोलीको अनुगमन पछि कम्पनी बन्द गरिएको छ ।