कञ्चनपुरमा यातायात र शिक्षण संस्था बन्द

कञ्चनपुरका बाल विकास शिक्षिकाहरुले आज कञ्चनपुरमा यातायात र शिक्षण संस्था बन्द गरेका छन् । बन्दको क्रममा प्रहरीसंग झड़प समेत भएको छ ।

 

प्रहरीले तीन जना शिक्षिकालाई नियन्त्रणमा लिएको छ । जिल्ला शिक्षा कार्यालयमा ताल्चा लगाएर आन्दोलन शुरु गरेका उनीहरुले सहायक कार्यकर्ताको सट्टा शिक्षिका भन्नु पर्ने, प्रा.वि. तहको शिक्षक बराबरको पारिश्रमिक दिनु पर्ने, बालविकास शिक्षिकाका लागि स्थायी दरबन्दी कायम गरिनु पर्ने लगायतका ६ सुत्रीय माग अघि सारेका छन् ।

 

 कञ्चनपुरमा ५ सय ३३ जना बाल विकास शिक्षिकाहरु रहेका छन् ।