नेपाल विद्युत् प्राधिकरणले विद्यमान लोडसेडिङ तालिकामा परिमार्जन गरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको नयाँ तालिकाअनुसार अब सातामा १८ घण्टा लोडसेडिङ हुनेछ ।
यसअघि सातामा १२ घण्टा लोडसेडिङ हुने गरेको थियो । तालिकाअनुसार सोमबार ४ घण्टा, बुधबार र शुक्रबार ३ घण्टा र अन्य दिनमा दैनिक २ घण्टाका दरले लोडसेडिङ हुनेछ । जलासय र नदीहरुमा पानीको बहावमा कमी आई उत्पादन घटेकाले लोडसेडिङको समयमा वृद्धि गर्नुपरेको प्राधिकरणको तर्क छ ।
उत्पादनको तुलनामा माग बढेकाले यस वर्षको चैत