काठमाडौ – कोही पनि मन्त्री उपस्थित नभएपछि व्यवस्थापिका संसदको बैठकमा बिहीबार स्थागित भएको छ ।
व्यवस्थापिका बैठक प्रारम्भ हुना साथ नेपाली काँग्रेसका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले मन्त्रीहरूको अनुपस्थितिका कारण बैठकमा उठेका प्रश्नको जवाफ कसले दिने भन्ने बारेमा सभामुखको रुलिङको माग गरेका थिए ।
तत्पश्चात् सभामुख सुवास नेम्बाङले संसदमा विनियोजित बजेटमाथि हुने छलफलमा उठेका प्रश्नको जवाफका लागि मन्त्रीहरूको अनिवार्य उपस्थिति हुनुपर्नेमा कुनैपनि मन्त्रीको उपस्थिति नहुनु दुःख लाग्दो भएको उल्लेख गर्दै यसतर्फ सरकारको ध्यान आकृष्ट गरेका थिए ।
त्यसपछि सभामुख नेम्बाङले बैठक आधा घन्टाका लागि स्थगित भएको जानकारी दिए ।



