
प्रधानमन्त्री भएपछि शुक्रबार संसदमा पहिलो पटक संबोधा गर्दै प्रधानमन्त्री भट्टराईले सरकार एक/एक मिनेट सकरात्मक परिणाम ल्याउनका लागि खटिरहेको उल्लेख गर्दै केही समय वाधा अवरोध नगरिदिन दलहरुलाई आग्रह गरेका हुन् ।
सरकारले अघि सारेको माओवादी लडाकुको पुनबर्गिकरणको विरोध र शान्ति प्रकृया नसिकएसम्म संविधान लेखन नहुने काँग्रेस र एमाले नेताहरुले अडान लिइरहेको बेला उनले संसद मार्फत यस्तो अपिल गरेका हुन् ।
‘शान्ति र संविधानलाई पूर्णता दिन सबै दल मिलेर जानुपर्दछ’ उनले भने, ‘विगतका आन्दोलनमा सहकार्य गरेजस्तै अहिले सहकार्यको आवश्यकता छ ।’
उनले वैचारिक राजनीतिक मुद्दामा स्वस्थ्य प्रतिस्पर्धा गर्न तथा शान्ति र संविधानमा हातेमालो गरेर अघि बढ्नसमेत आह्वान गरेका छन् ।
उनले सबै मिले पहिला शान्ति र संविधानको घुम्तीको पार गर्नुपर्ने उल्लेख गरे । उनले भने, ‘दुर्घटना भए कोही जोगिने छैनन् । सहमतिको विकल्प छैन ।’ शान्ति प्रक्रियामा सहमति भइसकेका विषयहरु कार्यान्वय गर्दै नयाँ सहमतिहरु गर्दै जानुपर्ने उनको कथन थियो ।
कांग्रेस र एमालेप्रति लक्षित गर्दै उनले हिजोको संस्थापनपक्ष गैरजिम्मवार ढंगले अघि बढ्नु दुःखद रहेको पनि टिप्णी गरे ।
उनले सरकारले गरिरहेको कामहरुप्रति शंका नगर्न आग्रह गर्दै केही कामबाट जनतामा आशा जागेको समेत दावी गरे । उनले भने



