विपक्षी दलहरुले प्रधानमन्त्रीको सम्वोधन कुनै नौलो कुरा नभएको बताएका छन् । नेपाली कांग्रेस र एमालेका नेताहरुले प्रधानमन्त्रीको सम्वोधन पुरानै शैलीको भएको बताएका हुन्।
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले शान्ति र संविधानको काम अघि बढाउन काँग्रेस जड र गैह्र जिम्मेवार बनेको प्रधानमन्त्रीको भनाईप्रति आपत्ति जनाउनु भयो । शान्ति प्रक्रिया टुङ्ग्याउने माओवादीको काम भएको भन्दै उहाँले पार्टीभित्रको विवादका कारण देखिएको समस्याको दोष विपक्षीमाथि लगाएको बताउनु भयो ।
कांग्रेस शान्ति र संविधानको प्रक्रियामा विपक्षी नभई सक्रिय सहभागी हुने भन्दै उहाँले माओवादी सेना समायोजन, शिविर खाली गर्ने तथा हतियार बुझाउने पक्षमा नरहेको आरोप लगाउनु भयो ।
एमाले सचिव शंकर पोखरेलले आफ्न्ो नेतृत्वको सरकार असफल भए मुलुक नै असफल हुने प्रधानमन्त्रीको भनाईप्रति असउहमति जनाउनु भयो । उहाँले भन्नुभयो-



