प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सरकारी सुविधाको गाडी नचढने /गाडी फिर्ता

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले सरकारी सुविधाको गाडी नचढ्नु हुने भएको छ । आइतबार सरकारी अधिकारीले बा १ झ ६६९२ नम्बरको प्राडोको साँचो दिएपनि पौडेलले फिर्ता गरिदिनु भएको छ ।
मितव्ययिताका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुस्ताङ गाडी चढेको भन्दै पौडेलले सरकारी सुविधाको गाडी लिन अस्वीकार गर्नु भएको एक अधिकारीले बताए ।
उनका अनुसार पौडेलले होटलमा बासका लागि भन्दै सरकारले दिने सुविधा पनि नलिने बताउनु भएको छ ।  प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारलाई सरकारले मन्त्री सरह सेवा सुविधा हुनेछ ।
जसमा होटलमा बास खर्च विल अनुसार हुने भन्ने रहेको थियो।माओवादी पोलिटव्युरो समेत रहेका पौडेललाई सरकारले भदौ २८ गते प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको थियो।