तिम्रो र मेरो लागि नामक ९९ रुपैयाँमा दुई सिम दिने योजना

काठमाडौ  – एनसेलले नयाँ ग्राहकलाई लक्षित गर्दै ९९ रुपैयाँमा दुई सिम दिने योजना ल्याएको छ । ‘तिम्रो र मेरो लागि’ नामक योजनाअन्तर्गत किनिएका नम्बरमा कुरा गर्दा प्रतिमिनेट ५० पैसा तिरे पुग्ने कम्पनीले जनाएको छ । प्रत्येक सिमका ४९ रुपैयाँ ब्यालेन्स हुने कम्पनीले जनाएको छ ।

‘दुवै सिममा २४ रुपैयाँ बराबर आफूले चाहेको नेटवर्कमा फोन गर्न सकिने र बाँकी रकम एनसेलको नेटवर्कभित्र कुराकानी गर्न सकिने छ,’ कम्पनीकी कर्पोरेट कम्प्युनिकेसन म्यानेजर सञ्जु कोइरालाले भनिन्, ‘पि्रपेड सिमअन्तर्गत सजिलो ट्यारिफमा मात्र लागू हुने यो योजनाको सिम कार्ड नेपालभरिका एनसेल सेन्टर, एनसेल सप तथा एनसेलका आधिकारिक पसलबाट किन्न

सकिने छ ।’ योजना दुई महिनासम्म लागू हुने उनले बताइन् ।