




काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रामहरी खतिवडालाई सार्बजनिक सुनुवाई समितिको सभापति बनाउन लागिएको प्रति प्रश्न उठाएको छ ।

रास्वपाका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै उच्च जिम्मेवारीको पदमा नियुक्ति प्रक्रियामा नैतिक मापदण्ड पालन गर्नुपर्ने भन्दै खतिवडालाई फेरी सभापति बनाउन खोजिएको प्रति प्रश्न उठाएका हुन् ।


उनले जनताको सार्वभौम कानुन निर्माण गर्ने जस्तो संवेदनशील विषयमा गरिकनुनी रुपमा प्रत्यक्ष संलग्न भएर नैतिक संकटमा परि राजीनामा दिएको व्यक्तिलाई अहिले पुन: संसदीय सुनुवाई समितिको सभापति जस्तो अझ महत्वपूर्ण पदमा नियुक्त गर्ने प्रक्रियाले नैतिक आचरणमा प्रश्न खडा गरेको उल्लेख अग्रेका छन् ।
साथै उनले विवादस्पद पृष्ठभूमि भएका व्यक्तिलाई पुन: उच्च ओहदाको जिम्मेवारी दिने कार्यले संसदको गरिमा मात्र नभएर सम्पूर्ण लोकतान्त्रिक मुल्य र मानयतामा आघात पुर्याएको अवस्था रहेको सभामुखलाई ध्यानाकर्षण गराएका छन् ।
यसै सन्दर्भमा रास्वपाले खतिवडाको नियुक्ति प्रक्रिया तत्काल स्थगित गर्न समेत माग गरेका छन् ।



