अरब मुलुक प्यालेष्टाइनलाई बेग्लै मुलुकको मान्यता दिनुपर्ने प्रस्तावबारे राष्ट्रसंघमा हुने मतदानमा नेपालले प्यालेस्टाइनको पक्षमा मतदान गर्ने

न्यूयोर्क – अरब मुलुक प्यालेष्टाइनलाई बेग्लै मुलुकको मान्यता दिनुपर्ने प्रस्तावबारे राष्ट्रसंघमा हुने मतदानमा नेपालले प्यालेष्टाइनको पक्षमा मतदान गर्ने भएको छ ।
अरब लिगका तर्फबाट भोलि सोसम्बन्धी प्रस्ताव महासभामा लैजाने तयारी भइरहेका बेला प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गर्ने अवस्था आए नेपाल प्यालेस्टाइन्को पक्षमा उभिने स्पष्ट गर्नुभएको हो । राष्ट्रसंघको जारी ६६ औँ महासभामा भाग लिइरहनुभएका प्रधानमन्त्री भट्टराईले गएराति न्यूयोर्कमा नेपाली सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्यालेस्टाइनले स्वतन्त्रताको लडाई लडिरहेकाले नेपालले पक्षमा मतदान गर्ने स्पष्ट गर्नुभयो ।