नेपाल र भारतका गृहसह-सचिव स्तरीय सीमा सुरक्षासम्बन्धी दुई दिने बैठक आज सकिँदै

नेपाल र भारतका गृहसह-सचिव स्तरीय सीमा सुरक्षासम्बन्धी दुई दिने बैठक आज सकिँदै छ ।
बैठक बहिबारबाट काठमाडौँमा जारी छ । बैठकमा नेपालका तर्फबाट गृह मन्त्रालयका सह-ससचिव सुधीरकुमार शाह नेतृत्वको टोली सहभागी छ । यस्तै भारतका तर्फबाट भारतीय गृहमन्त्रालयका सहसचिव सहितको प्रतिनिधि मण्डलले भाग लिइरहेको छ । 
यस्तै सिमा सुरक्षा अधिकृत र क्षेत्रीय प्रशासक पनि बैडकमा सहभागी छन । बैठकमा खुला सिमाका कारण हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।