चार बूँदे सहमतिलाई राष्ट्रघाती भन्नेहरु सबै राष्ट्रघाती भएको ठहर

संयुक्त मधेशी मोर्चाले सरकार गठनका क्रममा माओवादी र मोर्चाबीच भएको चार बूँदे सहमतिलाई राष्ट्रघाती भन्ने काँग्रेस, एमाले र माओवादीको बैद्य समूह नै राष्ट्रघाती भएको आरोप लगाएको छ। 
आज सिंहदरवारमा बसेको मोर्चाको बैठकले चार बूँदे सहमतिलाई राष्ट्रघाती भन्नेहरु सबै राष्ट्रघाती भएको ठहर गरेको हो।
 
मोर्चाले २०६४ सालमा तत्कालिन सात दलको सरकारसँग भएको सम्झौता अनुसार मधेशीहरुलाई नेपाली सेनामा समूहगत प्रवेश गराउने विषयलाई अहिले पुनब्र्याख्या गरिएको भन्दै त्यसलाई विवादास्पद नबनाउन आग्रह गरेको छ। 
मोर्चाले अभिब्यक्ति दिँदा संयमता अपनाउन र सुध्रिन काँग्रेस, एमाले र माओवादीको बैद्य समूहलाई चेतावनी पनि दिएको छ।
 
मोर्चाले तराइमा तीन वर्ष अघि लागू गरिएको विशेष सुरक्षा नीति असफल भएको भन्दै नयाँ सुरक्षा ब्यवस्था लागु गर्नुपर्नेमा जोड दिएको छ। जिल्लामा प्रमुख जिल्ला अधिकारीको आदेशमा निर्दोष मधेशी युवाहरुलाई थुनामा राखिएको आरोप लगाउँदै मोर्चाले स्थानीय प्रशासनको पनि विरोध गरेको छ।