प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संयुक्त राष्ट्रसंघको जारी ६६ औँ महासभालाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री भट्टराईले नेपालको जारी शान्तिप्रक्रिया र संविधान निर्माणमा भइरहेका प्रगति र चुनौतीबारे विश्वसमूदायलाई जानकारी गराउन लाग्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यस्तै भट्टराईले नेपालको शान्ति र संविधान निर्माणमा विश्वसमूदायबाट प्राप्त सहयोग, समर्थन र सदभावप्रति विशेष धन्यवाद् ज्ञापन गर्नुहुनेछ ।
सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्रीले राष्ट्रसंघको सहश्राब्दी विकास लक्ष्यमा लेपालले हालसम्म हात पारेको सफलता र अप्ठ्याराहरुबारे पनि महासभामा जानकारी गराउने तयारी गर्नुभएको छ ।
महासभाका दौरान भट्टराईले आजै चिनियाँ राष्ट्रपति हु जिन्ताओ र भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रधानमन्त्रीको टोली पर्सी स्वदेश र्फकने कार्यक्रम छ । राष्ट्रसंघ महाभसामा भाल लिन १३ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री भट्टराई गत असोज १ गतेराति न्युयोर्क प्रस्थान गर्नुभएको थियो ।