माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको बीच एयरक्राफ्ट विमान ललितपुरको विशंखुनारायण गाविसस्थित लामाटार कोटडाँडामा आज बिहान दुर्घटनाग्रस्त भएको छ ।
ठूलो आवाजका साथ विमान जमिनमा झरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुर्घटना भएको विमानमा क्याप्टेन जेबी ताम्राकारसहित तीनजना चालक दलका सदस्य, १६ जना विदेशी पर्यटक र १ नेपाली गरी १९ जना सवार थिए । दुर्घटनामा परेका एक नेपालीलाई स्थानीयले उद्धार गरी उपचारमा पठाएको स्थानीय भीमसेन पोखरेलले जानकारी दिनुभएको छ ।
घाइतेको परिचय खुल्न सकेको छैन । पोखरेलका अनुसार घटनास्थलमा क्षतविक्षत अवस्थामा १० वटा शव फेला परेका छन् । घटनास्थलमा स्थानीयले उद्धार जारी राखेका छन् ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।



