




काठमाडौं । काठमाडौँ भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ। ट्रमा सेन्टरमा उपचाररत थप १ जना घाइतेको मृत्यु भएको हो।
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले ७ जनाको मृत्यु भएको पुष्टि गरे। ट्रमा सेन्टरमा ५० जना घाइतेको उपचार भइरहेको छ। ४ जना घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। यस्तै, एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ।


उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिए।
मृतकहरूको परिचय खुलेको छैन। मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छ।
अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ।
काठमाडौँमा भएको जेनजी प्रदर्शनमा २१६ जना भन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका सरकारी र निजी गरी ७ अस्पतालमा २१६ जना बढी घाइतेहरूको उपचार भइरहेको छ। घाइतेमध्ये २२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ। मन्त्रालयमा अनुसार सबै भन्दा बढी निजामति कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ।

ट्रमा सेन्टरमा ५० जनाको उपचार भइरहेको छ, ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ। एभरेष्ट अस्पतालमा ३४, पाटन अस्पतालमा ४ जना गम्भीर घाइते छन्। काठमाडौँ मेडिकल कलेज (केएमसी)मा ४१ जनाको उपचार भइरहेको छ। केएमसी अस्पतालमा उपचाररत ८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।
त्रिवि शिक्षण अस्पतालमा २४ जना घाइतेमध्ये ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ।



