– कृष्ण खनाल
बुटवल ८ अशोज । दशै तथा तिहार नजिकिदै जाँदा विभिन्न व्यवसायीक संस्थास्थाहरु तथा बैङ्क तथा वित्तिय संस्थाहरुले विभिन्न स्कीहरु लाएका छन । दशै तथा तिहारको लागी भन्दै विभिन्न संघ संस्थाहरुले विभिन्न तरिकाका स्कीमहरु ल्याएका छन । विभिन्न व्यवायीक संस्था वित्तिय तथा बैङ्कहरुले विभिन्न उपहार दशै तिहार योजना हङ्गामा लगाएत नाम को स्कीम ल्याएका हुन । पछिल्लो समयमा सडक छेउछाउ तथा विभिन्न संाचारमाध्यमहरुमा दशै तथा तिहार स्कीमका विज्ञापनहरु प्रसस्त्र मात्रामा देख्न पाईन्छ ।
विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका विभिन्न ब्रान्डका सामानहरुमा अहिले दशै तथा तिहार स्कीम योजना ल्याएका छन । कलस्र एक्स ९ मोवाईले ले ुएक्स नाईन मोवाईलको झड्का बजारमा क्यास तपाईको हातमा ुभन्ने स्कीम ल्याएको छ । वोनिडा मोवाईलमो बुटवल डिलर सिद्धबाबा टे्रडसका सैलेन्द्र कुमार यादवले नेपालीहरुको ठुलो चाड भएको कारण मोवाईलले यो योजना ल्याएको बताए । उनले अन्य समयमा भन्दा चाड पर्वको समयमा मानिसहरुले नया नया सामानहरु खरिद गर्ने भएको कारण विभिन्न स्कीम ल्याउने गरेको जनकारी दिए । उनले चाड पर्वको समयमा विभिन्न कम्पनीहरुले आफ्नो व्यापार प्रर्वद्धन तथा ग्रहाकहरुको फाईदाको लागी स्कीम ल्याउने गरिएको समेत बताए । त्यस्तै सिजी ब्रान्डले सिजी कम्पनीको एउटा सामान किन्दा अर्को सामान सितैमा पाईने ुलहरो तान्दा पहरो आउछु नामको स्कीम ल्याएको छ । बुटवलमा मोवाईल बाहेक अन्य सिजी बा्रन्डको अधिकृत विक्रेता सपना इलेक्टोनिक्स बुटवलका संाचालक महेन्द्र ध्वजुले दशै र तिहारको लागी सिजी कम्पनीले सिजी ब्रान्डको एक सामान खरिद गर्दा अर्को समान सितैमा पाईने तथा अन्तीमका लक्की ड्र मार्फत एक जनालाई घरमा प्रयोग हुने सिजीका सम्पुर्ण समान उपहार दिने समेत जनकारी दिए । दशै तथा तिहार स्कीममा बैङ्कीङ्ग क्षेत्र पनी अगाडी आएको छ ।
दशै तथा तिहारको अवसरमा विभिन्न खाताहरुका आर्कषक व्याज तथा विशेष व्याजको समेत व्यस्था गरेको पाइएको छ । ईन्नोभेटीभ डेवलभमेन्ट बैङ्कलॆ डिपोजीट रकमा १४ प्रतिशत व्याज दिने र ५ बर्षमा ६० हजारको एक लाख रुपैया पाउने निक्षेप योजना समेत ल्याएको छ । त्यस्तै वल्र्ड मचेन्ट बैङ्क तथा फाईनान्स कम्पनीले दशै तिहारको अवसरमा खोलीएको खातामा १४ प्रतिशत व्याज प्रदान गर्ने ६ महिने मुद्धती निक्षेप योजना ल्याएको छ । त्यस्तै वनिडा कम्पनीले ुदशै तिहारको सिजन खुसिको सिजनु नामको दशै तिहार स्कीम योजना ल्याएको छ । उसले १४,१५ ईन्चको टिभिको खरिदमा टिसर्ट उपहार २२,२४को टिभी खरिद गर्दा राईस कुकुर ३२ ईन्चको एल सी डि टिभि खरिदमा डिभिडी प्लेयर उपहार पाईने जनाएको छ । त्यस्तै पनासोनिक कम्पनीका विभिन्न फि्रजहरुको खरिद गर्दा वासिङ्ग पाउडर सितैमा पाईने स्कीम योजना ल्याएको छ । डिस होम नेपाल सिखर सुज बजार मोटरसाईकल समेत यसका उदहारण हुन ।
नोकिया कम्पनीको विभिन्न मोवाईल खरिदमा ुनोकीया झटपट पर्छ किन्यो की पर् योु नाको दशै तिहार स्कीम ल्याएको छ । जस अन्र्तगत नोकिया मोवाईलका विभिन्न सेटहरु खरिद गर्दा ज्याकेट मेमोरी कार्ड टर्च लाईट हाते घडी र चस्मा आदी तत्कालै उपहार पाईने जनाएको छ । यतीमात्र होईन दशैको समयमा विभिन्न रङ्गपेन्टहरुले समेत दशैको समयमा विभिन्न स्कीम योजना ल्याएका छन । दशैको समयमा घरलाई नया रङ्गरोगनको लागी कलर आवश्यक पर्ने भएको कारण यस्मा पनी स्कीम ल्याइएको छ ।