हत्याको अभियोगमा प्रहरीले भूसिुधार तथा व्यवस्थामन्त्री प्रभु साहलाई फक्राउ गर्न सोमबार पुर्जी काट्यो

हत्याको अभियोगमा प्रहरीले भूसिुधार तथा व्यवस्थामन्त्री प्रभु साहलाई फक्राउ गर्न सोमबार पुर्जी काट्यो


हिन्दु युवासंघ अध्यक्ष काशी तिवारीको हत्याको अभियोगमा प्रहरीले भूसिुधार तथा व्यवस्थामन्त्री प्रभु साहलाई फक्राउ गर्न सोमबार पुर्जी काटेको छ ।


अनुसन्धानका क्रममा मन्त्री साहकै निर्देशनमा तिवारीको हत्या भएको पाइएपछि पर्सा प्रहरीले उनलाई पक्राउ गरी वीरगन्ज पठाउन काठमाडौँ प्रहरीलाई पत्र पठाएको हो । मंगलबार जिल्ला अदालतमा मन्त्री साह र उनका स्वकीय सचिव फिरोज भनिने सियाराम कुशवाहामाथि ज्यान मुद्धा दर्ता गर्ने स्रोतले बतायो । मन्त्री साहले भने त्यसबारे आफूलाई थाहा नभएको भन्दै प्रहरी अधिकृतले काम देखाउन यस्तो गरेको हुन सक्ने बताए ।